नियम १०६
अभिलेख राख्ने
(१) कुनै सैनिक व्यक्ति भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा सैनिक व्यक्तिहरूको सम्बन्धमा बर्खास्त गरिएको अभिलेख राख्ने जिम्मेवारी प्राप्त विभागले त्यस्ता व्यक्तिहरूको तीनपुस्ते खुलेको हुलिया समेतको सूचना जङ्गी अड्डाको सम्बन्धित विभाग तथा आवश्यकता अनुसार प्रहरीलाई समेत दिनु पर्नेछ ।
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका सैनिक व्यक्ति सैनिक सेवा वा पदमा पुन नियुक्ति भएमा निजले त्यसरी पुन नियुक्ति भई पाएको तलब भत्ता लगायतका अन्य रकम निजबाट फिर्ता गराई निजलाई तुरुन्त सेवाबाट बर्खास्त गरिनेछ ।